SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

मतदाता नामावली संकलनको पहिलो दिनमै नवलपरासीमा बढ्यो भीड

परासी : शुक्रबारदेखि सुरु भएको मतदाता नामावली संकलनमा नवलपरासीमा भीड बढ्न थालेको छ। पहिलो दिन ५२ जनाको आवेदन परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी शुक्रबारदेखि मतदाता नामावली संकलन सुरु गरिएको हो। पहिलो दिन ५२ जनाको आवेदन आए पनि ९ जनाको मात्र संकलन भएको हो। बाँकीको सर्भरका कारण हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामकरण लोनियाले जानकारी दिए।