SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

आज शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्दै छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।