SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । वैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । घरमै राहदानी लिन ६०० जनाले फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिइसकेको उनले जानकारी दिए ।