चिनियाँ नौसेनाको अस्पताल जहाज चिकित्सा मिसनका लागि मौरिटानिया पुग्यो
एजेन्सी । चिनियाँ जनमुक्ति सेना (पीएलए) नौसेनाको अस्पताल जहाज ‘असपिसियस आर्क’ मंगलवार मौरिटानिया पुगेको छ । जहाजले त्यहाँ सात दिने मैत्रीपूर्ण भ्रमणका क्रममा स्थानीय नागरिकलाई चिकित्सा सेवा प्रदान गर्नेछ । राजधानी नौआकचोटस्थित फ्रेन्डसिप पोर्टमा स्थानीय समयअनुसार बिहान करिब १० बजे जहाज पुगेको हो । यो भ्रमण ‘मिसन हार्मोनी–२०२६’ अन्तर्गत भइरहेको छ ।
