SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा संयुक्त राष्ट्रसंघको महासभाबाट बाहिरिए प्रतिनिधिहरू

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने तरखर गर्दै थिए। उनले सम्बोधनको सुरुवात नगर्दै महासभामा सहभागी कतिपय देशका प्रतिनिधिहरू हलबाट बाहिरिन थाले।प्रतिनिधिहरू बाहिरिन थालेपछि सभाध्यक्षले रुलिङ नै गर्नुपरेको थियो। सभाध्यक्षले सिटमा बस्न पटक-पटक आग्रह गर्दा पनि उनीहरू बाहिरिएको दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।थुप्रै देशका प्रतिनिधिहरू बाहिरिएपछि कुर्सीहरू खाली देखिएका थिए।