SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

विदुरमा निःशुल्क आँखा उपचार शिविर

नुवाकोट : मोतियाबिन्दुका बिरामीहरूको पहिचान गरी नुवाकोटको विदुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरिएको छ। सदरमुकाममै मोतियाबिन्दुको शल्यक्रिया सेवा पाउँदा सर्वसाधारणको काठमाडौं जानुपर्ने बाध्यता र आर्थिक समेत बचत भएको छ। विदुरमा सञ्चालित दुई दिने शिविरमा एकसय नौ जनाको आँखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको आयोजक रेडक्रस नुवाकोटले जनाएको छ।