SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिसँग गरे भेट

काठमाडौं । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।