SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

तीज कार्यक्रमको बजेट बाढी पीडितलाई सहयोग

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तीज विशेष कार्यक्रमका लागि विनियोजन भएको बजेट बाढी पीडितलाई सहयोग गरिएको छ । वडा कार्यालयको प्रस्तावमा धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको रु एक लाख बजेट तीज विशेष कार्यक्रम नगरी रसुवा बाढीका पीडितका लागि सहयोग गर्ने निर्णय भएको हो ।