रास्वपा संसदीय दलको तर्फबाट प्रधानमन्त्री राहत कोषमा थप २७ लाख १५ हजार सहयोग
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुनः सहयोग रकम उपलब्ध गराएको छ । रास्वपा संसदीय दलको तर्फबाट २७ लाख १७ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
