किस्पाङ गाउँपालिकाका अध्यक्ष पक्राउ, जो आजै प्रधानमन्त्रीले बोलाएको छलफलमा थिए
काठमाडौं । केही समयदेखि प्रहरीको खोजीमा रहेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ गरेका छन् । सोमबार तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी प्रहरी बृत्त दरबारमार्गलाई बुझाएको हो । उनलाई सिंहरदरबार परिसरबाटै पक्राउ गरिएको हो । बाढी प्रभावितमध्ये नुवाकोटको किस्पाङ गाउँपालिका पनि एक हो ।
