SHARE
लोक पथ · सोमबार २९ भौ २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रका जनप्रनिधिहरुसँग प्रधानमन्त्री बालेनले गरे यस्तो प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताए ।