SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

सङ्क्रामक पशुरोग नियन्त्रणका लागि छुट्टै कोष नबनाउने सरकारको नीति

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशुरोग नियन्त्रणका लागि सरकारले छुट्टै नयाँ कोष स्थापना गर्ने नीति नरहेको स्पष्ट पारेकी छन् । सोमबार विधायन व्यवस्थापन समितिमा ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि भएको दफावार छलफलका क्रममा मन्त्री चौधरीले नयाँ कोष थप्नेभन्दा विगतमा स्थापना भएका कोषलाई एकीकृत गरेर अघि बढ्ने सरकारको नीति रहेको बताइन् ।