उद्धारमा सरकारको कमजोरीले धेरैको ज्यान गयोः प्रचण्ड
जनकपुर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीबाट प्रभावितको उद्धारमा सरकार सुरुदेखि नै गम्भीर नबनेका कारण मृतकहरुको संख्या बढेको आरोप लगाएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर प्रारम्भमै प्रभावकारी उद्धार अभियान सञ्चालन गर्न सकेको भए बाढीमा परेका धेरै नागरिकलाई जोगाउन सकिने दाबी गरे ।
