SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरले २ लाखको नि:शुल्क जलन उपचार, अस्पताललाई २ करोड प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपियाँसम्मको नि:शुल्क उपचार गराउने भएको छ । अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीहरुलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिनेछ ।