माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
