SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम रहन्छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल छ ।