काठमाडौं महानगरले टोल–टोलमा नि:शुल्क योग र ध्यान केन्द्र सञ्चालन गर्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकालाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यका साथ महानगरभित्रका प्रत्येक टोल–टोलमा नि:शुल्क योग तथा ध्यान केन्द्र सञ्चालन हुने भएको छ । महानगरपालिकाले आफ्नै स्वीकृत नीति अनुसार ‘महानगर आरोग्य जीवन कार्यक्रम’ अघि बढाउन जीवन विज्ञान प्रतिष्ठानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
