SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

त्रिपालमुनि लोमान्थाङ: ५.३ म्याग्निच्युडको भूकम्पले ८० प्रतिशत घर चर्किए, ऐतिहासिक दरबारमा पनि क्षति

मुस्ताङ । भदौ २३ गते राति ५.३ म्याग्निच्युडको भूकम्प गएपछि उपल्लो मुस्ताङको लोमान्थाङका स्थानीय, शिक्षक तथा विद्यार्थी खुला चौरमा त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । भूकम्पका कारण लोमान्थाङका ढुङ्गा र माटोले बनेका ८० प्रतिशत घरहरूमा क्षति पुगेको र करिब ६० घर बस्नै नमिल्ने गरी भत्किएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।