पैसा नभएकै कारण गर्भवती अस्पतालबाट निकालिनु लज्जाको विषयः लिमा अधिकारी
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई सम्झाएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत अधिकारीले सुत्केरी महिलाका लागि राज्यले दिने भत्ता तथा सुरक्षित मातृत्वको अवधारणा अघि बढाउन आफ्ना पिता एवं तत्कालीन अर्थमन्त्री अधिकारीले खेलेको भूमिकाको स्मरण गरिन् ।
