SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

गह्रौं कालिका मन्दिरमा दर्शनार्थीको भीड

स्याङ्जा : बडादशैं सुरु भएसँगै वालिङ नगरपालिका र गल्याङ नगरपालिकाको संगमस्थलमा रहेका गह्रौं कालिका भगवती मन्दिरमा चहलपहल बढेको छ। घटस्थापनाबाटै वालिङ–८ र गल्याङ १० को सङ्गमस्थलमा नबदु्र्गा भवानीका पूजाआराधनाका लागि मानिसहरू यहाँ आउने गरेका हुन्। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको यस मन्दिरमा दशैंमा भव्य पूजा –अर्चना हुने गर्दछ। चैतको दशैं र असोजको दशैंमा यहाँ श्रद्धालु भक्तजनहरूको अत्यन्त भीडभाड हुने गर्दछ। स्याङ्जा लगायत देशभरबाट पूजाका लागि यहाँ आउने गर्छन्।