SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलाली : ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा भे.२ त २४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ बस्ने  कमल रानाको छोरा ८ वर्षीय सुशान्त रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ।प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।