देशको संघीय राजधानी दाङमा सार्न रास्वपा सांसदको प्रस्ताव
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कमल सुवेदीले दाङ उपत्यकालाई संघीय सरकारको प्रशासनिक राजधानी बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्राकृतिक विपद्बाट बच्नका लागि जोखिमयुक्त बस्तीको जोखिम नक्सांकन गर्नुपर्ने र जमिनहरू कति बस्न लायक छन् यकिन गरेर नीति बनाउनुपर्नेमा जोड दिए ।
