मलेसियन सुपर वुमन्स सिरिज : सीताको टिम विजयी
काठमाडौं : मलेसियन सुपर वुमन्स सिरिजमा सीता राना मगरको कप्तानीमा रहेको सेन्ट्रल सुपर गर्ल्सले इन्दु बर्माको कप्तानीमा रहेको वेस्टर्न वन्डर वुमनलाई पराजित गरेको छ। सेन्ट्रल सुपर गर्ल्सले वेस्टर्न वन्डर वुमनलाई २४ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट्रल सुपर गर्ल्स १७.३ ओभरमा ६६ रन बनाउँदै अलआउट भएको हो। सेन्ट्रल सुपर गर्ल्सले दिएको ६७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टर्न वन्डर वुमन १२.५ ओभरमा ४२ रन बनाउँदै अलआउट भयो।
