SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज बैंकको अगुवाइमा ७० मेगावाटको दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल बीच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावट क्षमताको अर्धजलासय दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सो आयोजनाको कुल लागत रु. १५ अर्ब रहेको छ। यो सहकार्यले नेपालको नविकरणीय ऊर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ।