SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको कार्यदिशा के हो? यसरी गर्छ काम

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको हो। समितिको सदस्यमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन्। सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरेर आयोग गठन गरेको हो।