SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेबारे छलफलमा जुटेकी छन्।उनले सम्बोधनका क्रममा उठाउनुपर्ने विषयवस्तुका बारेमा मन्त्रिपरिषद्का सदस्य र विज्ञहरूसँग अनौपचारिक छलफल गरेकी हुन्। स्रोतले भन्यो, 'पछिल्लो परिस्थिति र आगामी निर्वाचनका बारेमा प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहनुभएको छ।'यद्यपि, सम्बोधनको समय भने तय भएको छैन।