वीरगन्जको दशैं मेलामा सडक र फुटपाथमा थापिएका जिलेबी पसलहरूमा अनुगमन
वीरगन्ज : वीरगन्जमा दशैं मेलाका चलिरहेका बेला सडक र फुटपाथमा थापिएका जिलेबी पसलहरूमा बुधबार बजार अनुगमन टोलीले अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगन्ज महानगरपालिका, वीरगन्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित मञ्चका प्रतिनिधि सम्मिलित टोलीले बुधबार २२ वटा जिलेबी पसलको अनुगमन गरेको हो। त्यसमध्ये ७ वटा जिलेबी पसलमा प्रयोग गरिएको तेल गुणस्तरहीन र ५ वटा पसलमा प्रयोग भएको फुड कलर मापदण्डअनुसार नभएको भेटिएको उपभोक्ता हित मञ्च पर्साका उपाध्यक्ष अजित भुजेलले जानकारी दिए।
