कांग्रेस महाधिवेशनका लागि सातै प्रदेशमा तोकिए निर्वाचन संयोजक
काठमाण्डु – नेपाली कांग्रेसले आगामी महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा निर्वाचन सहजीकरणका लागि ७ जना वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन् ।
