SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

जनतालाई जति ग्यास आवश्यकता छ, त्यति दिनैपर्छ : मन्त्री साह

काठमाण्डु – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले जनतालाई आवश्यक भए जति ग्यास दिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले ग्यास अभावको विषयमा छलफल गर्ने बताए । ‘ग्यासको विषयमा छलफल गर्छौं । जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उनले भने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी