सरकारले चाहेर पनि दीर्घकालीन महत्वका काम गर्न सक्दैन : अर्थमन्त्री खनाल
विराटनगर : अर्थमन्त्री रामेश्वर खनालले अहिलेको सरकारको स्वरूपले दीर्घकालीन महत्वका काम सम्भव नभएको स्पष्ट पारेका छन्। विराटनगरमा मोरङ उद्योग व्यापार संघले बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले सरकार निर्वाचनमुखी भएकाले कानुन संशोधनजस्ता स्थायी प्रभाव पार्ने निर्णय गर्न नसकिने बताए। उनका अनुसार वर्तमान अवस्थामा भइरहेका कानुनलाई एउटा शब्दसम्म परिवर्तन गर्ने अधिकार सरकारसँग छैन। अध्यादेशमार्फत् पनि उल्टाउन नसकिने अवस्था रहेको उनी बताउँछन्।
