करेन्ट लागेर मृत्यु भएका शिक्षकको परिवारलाई राहत प्रदान
सिरहा : लहान नगरपालिका-२३ गाढा गाउँमा करेन्ट लागेर ज्यान गुमाएका शिक्षक विजेन्द्रकुमार सहनीका परिवारलाई लहान नगरपालिकाले राहत प्रदान गरेको छ।गत शनिबार बिहान खेतमा सिँचाइ गर्ने क्रममा विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर जनता माध्यमिक विद्यालयमा अध्यापन गराउने लहान-१९ का ३८ वर्षीय शिक्षक सहनीको निधन भएको थियो। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी आज पीडितको घर पुगी उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।
