विपक्षी दलको बैठकद्वारा सरकारका मन्त्रीहरुको धम्कीपूर्ण र विवादित अभिव्यक्तिप्रति आपत्ति
काठमाण्डु– विपक्षी दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सरकारका मन्त्रीहरूको कार्यशैलीको आलोचना भएको छ । काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेको आह्वानमा बसेको विपक्षी दलको बैठकमा नागरिकका दैनिक समस्या समाधान गर्न नसकेकोदेखि बाढीपीडितको उद्धार तथा राहतमा सरकारको भूमिकासम्मलाई लिएर बैठकमा प्रश्न उठाइएको हो ।
