पाँच दिनमै नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदल र भोलिदेखि सवारी साधन चल्ने
काठमाडौं । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान गरिएको छ । नेपाली सेनाले पाँच दिन लगाएर सो स्थानमा पुल जडान गरेको हो । सेनाको टोली निरन्तर खटिएर बुधबार राति पुल जडान सम्पन्न गरिएको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएको थियो ।
