कर्तव्यको यात्रा : रसुवा-भोटेकोशी बाढीपछिको उद्धारमा मैले जे देखेँ
बिहानको चिया पिउँदै सहकर्मीहरूसँग दिनको गतिविधि र क्रियाकलापबारे छलफल गर्दै थिएँ। अपराध अनुसन्धान विद्यालय, महाराजगन्जस्थित क्यान्टिनमा सधैँजसोको दिनचर्या थियो मेरो। प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धानसम्बन्धी उन्नत तालिम कसरी प्रभावकारी बनाउँदै लैजाने भन्ने विषयमा सहकर्मी एवम् अग्रज अधिकृतहरूसँग छलफल चलिरहेको थियो। छलफलकै क्रममा क्यान्टिनमा रहेको टेलिभिजनमा एकाएक बाढीका दृश्यहरू देखेँ।
