SHARE
लोक पथ · बुधबार २४ भौ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्न ‘प्रोटोन’ ले दियो ड्रोन

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाल सरकारलाई करिब २ लाख मलेसियन रिङ्गिट बराबरको ड्रोन सहयोग गरेको छ । रसुवास्थित भोटेकोसीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता, खोज तथा उद्धार र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रोटोनले ड्रोन सहयोग गरेको हो ।