‘पीडितलाई तुच्छ गाली गर्ने अन्ध समर्थक रास्वपालाई चाहिँदैन’ [पूर्णपाठ]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका समर्थकहरुलाई सचेत रहन आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका सभापति लामिछानेले महाविपत्तिमा रहेका नागरिकहरुलाई गाली गलौज गर्ने समर्थकहरु आफूहरुलाई नचाहिएको बताए ।
