यशोदा ग्रुपद्वारा सरकारलाई साढे ३ करोड बढी रकम र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग
काठमाडौं । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेका छन् । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले सरकारलाई उक्त रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
