प्रकाशमानको प्रश्नः चुलो बाल्न ग्यास पाइँदैन, यस्तो अवस्थामा सुशासन भनेको के हो ?
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनजीविकाका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् । बुधवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले सरकारले ठूलाठूला विकास र सुशासनको दाबी गरे पनि व्यवहारमा नागरिकले त्यसको अनुभूति गर्न नसकेको बताएका हुन् ।
