सूचनाको हकसम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी
काठमाडौँ, ८ असोज । महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हकसम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सूचना दिवस कार्यक्रममा बोल्दै उहाँले सूचनाको पहुँचलाई सहज बनाउनेतर्फ सरकारी निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । “अहिले पनि सूचनाको कुरामा हाम्रो बुझाइ सबैको फरक छ,” भण्डारीले भन्नुभयो, “सूचना भनेको तत्कालै उपलब्ध हुने कुरा हो ।
