SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

ब्याज मिनाहा गरी ऋण नविकरण गरिदिन बाढी पीडित उद्योगी–व्यवसायीको माग

भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले नुवाकोटका करिब एक हजार आठ सय उद्योग तथा व्यवसायमा ठूलो क्षति पु¥याएको छ । बाढीबाट उद्योग, व्यापार तथा व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । बाढीपीडित उद्योगी तथा व्यवसायीले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।