SHARE
लोक पथ · बुधबार २४ भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वका साझा समस्यामाथि छलफल हुने

अमेरिका । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा मंगलबारदेखि अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा सुरु भएको छ । महासभा सेप्टेम्बर २९ सम्म चल्नेछ । ‘विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित सुरु भएको महासभामा विश्वका विभिन्न समस्याबारे छलफल हुनेछ ।