न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका गाडी किन्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।
