ग्यास अभाव हटाउन सरकारको नयाँ उपाय, अब जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सकिने
काठमाडौं । बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव हटाउन सरकारले नयाँ व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग छलफल गरेपछि यस्तो व्यवस्था गरिएको हो ।
