एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो
काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजारले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
