SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा बाढी: वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो ।