SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग

कपिलवस्तु । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन् । कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ । कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव र यशोधरा गाउँपालिकाको वसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदायको बसोबास छ ।