बाढीपछि अफवाह र गलत सूचना फैलाउनेमाथि प्रहरीको कडा निगरानी
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्तिसहितको भिडियो सामग्री प्रसारण, पोष्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
