बाढी प्रभावित क्षेत्रमा निजी क्षेत्रको सहयोग निरन्तर रहने चन्द्र ढकालको प्रतिबद्धता
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, प्राथमिक उपचार तथा अत्यावश्यक सेवा सञ्चालनका लागि निजी क्षेत्रबाट भइरहेको सहयोगलाई निरन्तरता दिने बताएका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पुगेको क्षतिको स्थलगत अवलोकनपछि ढकालले यस्तो प्रतिबद्धता जनाएका हुन्।
