SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रुपमा बीमा सेवा दिइने जनाएको छ ।