दिल्लीमा होस्टल भवन भत्किँदा ७ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । घटनापछि फरार रहेका भवनका मालिक हरिराम बंसललाई प्रहरीले राजस्थानको भिवाडीबाट हिरासतमा लिएको छ । प्रहरीले यसअघि उनी विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो । दिल्ली विश्वविद्यालयको साउथ क्याम्पस नजिकै सत्य निकेतन क्षेत्रमा आइतबार दिउँसो करिब १ः ३० बजे पाँच तले भवन अचानक भत्किएको थियो । भवनमा पीजी तथा होस्टल सञ्चालन हुँदै आएको बताइएको छ । उद्धार टोलीले सोमबार बिहान भग्नावशेषबाट थप एक जनाको शव निकालेको थियो ।
